May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

काँग्रेसलाई सहभागी गराएर सुदूरपश्चिम सरकार पुनर्गठन

695

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाली काँग्रेसलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । यससँगै उनले पाँचौ पटक मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

भट्टले केन्द्रको पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिन प्रदेश सरकारमा काँग्रेसलाई सहभागी गराएका हुन् । शुक्रबार साँझ भएको मन्त्रिपरिषद पुनर्गठनबाट मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्य र आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त गरेका छन् ।उनीहरूले गएराति पदभार ग्रहण पनि गरिसकेका छन् ।

काँग्रेसलाई सरकारमा सहभागी गराउन एकीकृत समाजवादीले तीन जना मन्त्रीलाई फिर्ता बोलाएको थियो । यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री रहेकी पुर्णा जोशी, सामाजिक विकास मन्त्री रहेका लालबहादुर खड्का र सामाजिक विकास राज्यमन्त्री रहेकी मना कुमारी साउँदलाई एकीकृत समाजवादीले सरकारबाट फिर्ता बोलाएको हो ।

Advertisement