April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

नेपाली काँग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी

5.9K

बैतडी । नेपाली काँग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी शिवराज भट्टलाई पछि पार्दै उनी विजयी बनेका हुन् ।

बुधबार बिहान सार्वजनिक भएको मत परिणामअनुसार चन्द ३२० मतान्तरले विजयी भएका हुन् । चन्दले ८०९ मत प्राप्त गरे भने भट्टले ४८९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपसभापतिमा वीरबहादुर विष्ट ६५८ मत प्राप्त गरी विजयी भए । अर्का उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामी ६२४ मतसहित विजयी भए ।

Advertisement

यस्तै, सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्द ६४० तथा देवराज जोशी ६३३ मत प्राप्त गरी विजयी भए । सचिवमा पराजित भट्ट प्यानलका रमेशसिंह भण्डारीले ५९५ र कर्णबहादुर बोहराले ५२९ मत प्राप्त गरे ।

त्यसैगरी सहसचिवमा पनि चन्द प्यानलकै दीपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएको स्रोतले जनाएको छ ।

एक उपसभापतिबाहेक सबै पदाधिकारीमा चन्द प्यानलकै उमेदवार विजयी भएका छन् । जिल्लामा एक हजार ४०२ प्रतिनिधि रहेकामा एक हजार ३४८ मत खसेको थियो ।