काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका नेता प्रकाश बहादुर शाहलाई ४८ घन्टे स्पष्टीकरण सोधेका छन् ।
पार्टी स्थायी कमिटी निर्णयविपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनी स्पष्टीकरण सोधेका हुन् ।
ओली समूहका नेताहरुको मात्र रहेको एमाले स्थायी कमिटीको जेठ १९ गतेको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्दै राजीनामा दिन मन्त्रीहरुलाई निर्देशन दिएको थियो ।
तर, माधव कुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले समर्थन फिर्ता नलिइ सरकारमा भएका ३ मन्त्रीको राजीनामा दिएर ५ मन्त्री र ४ राज्यमन्त्री बनेका छन् ।
प्रदेशसभामा एमालेको तर्फबाट कुल २५ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये नेपाल समूहका १८ जना र ओली पक्षका ७ जना छन् ।