April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

सुदूरपश्चिममा समानान्तर कमिटी घोषणा गर्ने तयारीमा भीम रावल, बहुमत प्रदेश सांसद रावल पक्षमा

275

कैलाली । नेकपा एमालेका उपाध्यक्ष भीम रावल नेतृत्वमा सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी बनाउने तयारी भएको छ ।

सोमबारदेखि धनगढीमा जारी भएको माधव पक्षीय प्रदेशस्तरीय बिस्तारिक बैठकले समानान्तर कमिटी बनाउने तयारी गरेको हो ।

पार्टीले महिनाका लागि निलम्बन गरेको भीम रावलको नेतृत्वमा सोमबारदेखि प्रदेश पार्टी कार्यालयमा बैठक सुरु भएको थियो । बैठक मंगलबार पनि बस्नेछ । आज कमिटी विस्तारको निर्णय गर्ने एक नेताले बताए ।

सुदूरपश्चिमका ९ वटै जिल्लामा जिल्ला बैठक राखी कमिटीहरू तयार गर्न निर्देशन जारी हुने समेत उनले स्पष्ट पारे ।

नेकपा एकताअघि एमालेको सुदूरपश्चिम इन्चार्ज समेत रहेका रावललाई हटाएर साबिक नेकपामै हुँदा लेखराज भट्टलाई सो जिम्मेवारी दिइएको थियो । एममाले ब्युँतिएपछि भट्ट नै इन्चार्ज कायम छन् ।

बैठकमा नेपाल समूहका नेता रावलसहित, नेपाल पक्षका प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावल, केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू उपस्थित छन् ।

बैठकमा सुदूरपश्चिम प्रदेश सभाका २५ जना मध्ये १६ जना प्रदेश सभा सदस्यहरू उपस्थित रहेका थिए । माधव समूहका तारा लामा तामाङ बाहेक सबै सांसदहरू उपस्थित रहेको प्रदेश कमिटी सदस्य दिनेश चन्द्र सुबेदीले जानकारी दिए ।