December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत धनुषाको १८ स्थानीय तहमा निर्वाचन सम्पन्न

270

धनुषा । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत धनुषाको १८ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । जसमध्ये ९ वटा पालिकामा सोमबार नै सर्वसम्मत नेतृत्व चयन भइसकेको छ भने ९ वटा पालिकामा मंगलबार र बुधवार निर्वाचन सम्पन्न भएको हो ।

सम्पन्न भएको १८ वटामध्ये ९ वटामा सर्वसम्मत र ९ वटा पालिकामा निर्वाचनबाट नेतृत्व चयन भएको छ । जसमध्ये धनुषाधाम नगरपालिकामा चन्द्रीप यादव र हंसपुर नगरपालिकामा राजनारायण कापर सर्वसम्मत ढंगले चयन भएका छन्। त्यसैगरी सबैला नगरपालिकामा खटु यादव, मिथिला बिहारी नगरपालिकामा राजेन्द्र यादव र गणेशमान चारनाथ नगरपालिकामा रामसुभ यादव सभापतिमा विजयी भएको नेपाली काँग्रेस धनुषाले जनाएको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ को औरही गाउँपालिकामा जुगल सिंह सर्वसम्मत ढंगले निर्वाचित भएका छन् भने विदेह नगरपालिकामा गणेश साह, कमला नगरपालिकामा शंकर यादव, शहीदनगर नगरपालिकामा श्रीलाल यादव र जनकनन्दनी गाउँपालिकामा दिलीपकुमार यादवको नेतृत्व निर्वाचित भएका छन् ।

Advertisement

त्यसैगरी क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने जनकपुरधाम उपमहानगरपालिकामा मनोज साह, नगराईन नगरपालिकामा विनय यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विश्वनाथ यादव र धनौजी गाउँपालिकामा रामनारायण यादव सर्वसम्मतरुपमा सभापतिमा चयन भएका छन् ।

त्यसैगरी क्षेत्र नम्बर ४ का लक्ष्मीनिया गाउँपालिकामा भोगेन्द्र मिश्र र क्षिरेश्वरनाथ नगरपालिकामा लालबाबु यादव सर्वसम्मत रुपमा सभापतिमा चयन भएका छन् । यता, मिथिला नगरपालिकाको सभापतिमा जोगी महतो र बटेश्वर गाउँपालिकाको सभापतिमा राजेन्द्र यादव निर्वाचित भएका छन् ।