January 23, 2022, Sunday
२०७८ माघ १०
1:37:26 pm

महोत्तरीमा दुई बालकको मृत्यु

२०७८ कार्तिक १६

835

महोत्तरी : महोत्तरीमा एक बालकको ढोकामा चेपिएर र एक जनाको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मटिहानी नगरपालिका-१ धिरापुर बस्ने प्रवोध साहका ९ वर्षीय छोरा आयुषकुमारको ढोकाको पल्लामा चेपिएर मृत्यु भएको छ।

आमासँग घर सरसफाई गर्ने क्रममा ढोकाको पल्लामा घाँटी अड्किएर घाइते भएका आयुषलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्‍वर ल्याउने क्रममा बाटोमै मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए।

Advertisement

त्यसैगरी, बर्दिवास नगरपालिका-५ बस्ने बसन्त रानाका १० वर्षीय छोरा अमनको पोखरीमा डुबेर मृत्यु भएको छ।

वडा नम्बर ४ स्थित जोरधारा पोखरीमा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

आयुषको शवको जिल्ला अस्पताल जलेश्वरमा पोष्टमार्टम गरी आफन्तले बुझिसकेको र अमनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ।