June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

प्रदेश २ मा कांग्रेस र माओवादी सरकारमा जाँदै, कांग्रेस तीन र माओवादीले दुई मन्त्रालय पाउने

100

जनकपुरधाम : प्रदेश न. २ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने भएको छ। सरकारमा सहभागी हुन जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भर्खरै सहमति भएको छ। कांग्रेसलाई प्रदेश सरकारको तीन महत्वपूर्ण मन्त्रालय दिने सहममति भएको छ।

कांग्रेसका तर्फबाट रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बन्दैछन्। रामसरोजलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाई र वीरेन्द्र सिंहलाई महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने बताइएको छ।

माओवादी केन्द्रका तर्फबाट भरत साह र जगत यादव मन्त्री बन्ने लगभग पक्का भएपनि मन्त्रालयको टुंगो लागिसकेको छैन। नयाँ मन्त्रीले अहिले साँझ साढे ७ बजे कांग्रेसका मन्त्रीको शपथ खाने कार्यक्रम तय भएको छ। 

सरकारमा कांग्रेस र माओवादी सहभागी हुने भएपछि मन्त्रालयको संख्या १० बनाइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६ वटा मन्त्रालयलाई फुटाएर १० वटा बनाउने निर्णय गरेकाे थियाे।