April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

उच्च ज्वरोले सर्लाहीको मिर्जापुरमा ४ को मृत्यु

2.5K

सर्लाही — सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने बलरा नगरपालिकामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका चार जनाको मृत्यु भएको छ । भारतसँगको सीमा जोडिएको सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा शनिबार र आइतबार गरी दुई दिनमा उच्च ज्वरोले चार जनाको ज्यान गएको हो ।

मिर्जापुरका ८० वर्ष भन्दामाथिका दुई वृद्ध र ४०/४५ वर्षका दुई पुरुषको उच्च ज्वरोका कारण ज्यान गएको नगरपालिकाका प्रमुख अभयकुमार सिंहले बताए । चारजना मध्ये तीन जनाको गाउँमै र एकजनाको वीरगन्जमा उपचारको क्रममा ज्यान गएको मेयर सिंहले बताए । मेयर सिंहका अनुसार उच्च ज्वरो लागेर घरमै थलिएका तीनजनाको आइतबार ज्यान गएको हो । अर्का एकजनाको सोमबार वीरगन्जमा उपचारको क्रममा ज्यान गएको हो ।

नगरका विभिन्न बस्तीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका सयौंको संख्यामा बिरामीहरु घरमा बसिरहेको मेयर सिंहको भनाइ छ । ‘उच्च ज्वरो लागेर दुई दिनमा चारजनाको ज्यान गएको छ, कोरोनाको लक्षण भएका सयौं अझै गाउँमै छन्,’ उनले भने, ‘कोरोनाको संक्रमण समुदायमा फैलिसकिएको अनुमान छ ।’

Advertisement

मृतक सबै गाउँमै बसिरहेका थिए । भारतमा रोजगारीको क्रममा मृतक परिवारबाट कोही पनि नगएको भएपनि उनीहरुको प्रमुख बजार भारतको बसबिट्टा रहेको छ । सीमा बन्द भएपनि यस क्षेत्रका नागरिक भारतीय बजार पुग्ने गरेका थिए । सदरमुकाम मलंगवाबाट ३३ किलोमिटर पश्चिम पर्ने बलरा नेपाली बजारको पहुँचबाट टाढा छ । जसकारण यस क्षेत्रका नागरिकलाई भरतीय बजारको भर पर्नुपर्ने बाध्यता छ ।