November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ को मुख्यमन्त्री कांग्रेसले पाउने

1.5K

काठमाडौं । प्रदेश नम्बर १ को मुख्यमन्त्री कांग्रेसले पाउने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले थापालाई मुख्यमन्त्री उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्ता गठबन्धनले नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने  भएको छ। 

नेकपा (एमाले) का हिक्मत कार्की नेतृत्वको सरकार विश्वासको मत पाउन नसकेपछि ढलेको थियो। त्यसपछि को मुख्यमन्त्री बन्ने भन्नेमा सत्ता गठबन्धनका दलहरूबीच प्रदेशमा कुरा मिल्न नसकेपछि माओवादी केन्द्र र कांग्रेसका नेताहरू काठमाडौं आएका थिए। 

Advertisement

कोशीको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि दाबी गरेका थिए।