November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोशी नामकरण: फेरि अर्को दिन बस्ने गरि सरकार र संघर्ष समिति बीचको बैठक टुंगियो

2.8K

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश १ पुनः नामांकन सयुक्त संघर्ष समितिबीचको छलफल टुंगिएको छ । फेरि वार्ताको टेबलमा बस्ने सहमतिसहित पहिलो वार्ता टुंगिएको हो। 

सोमबार विराटनगरमा भएको आन्दोलनकारी र सरकारी वार्ता टोली बीचको छलफलमा आन्दोलनकारी पक्षले कोशी खारेजीका लागि सरकारको ठोस धारणा मागेको थियो। सरकारी टोलीले आफुहरू समस्या समाधानमा गम्भीर रहेको र प्रदेशसभालाई यसबारे जानकारी गराउने बताएका थिए।

सरकारी टोलीका संयोजक तिलकुमार मेयाङ्बोका अनुसार वार्ता सकारात्मक रहेको र फेरि अर्को दिन बस्ने गरी टुंगिएको हो ।

Advertisement

पहिलो दिनको छलफलमा आन्दोलनकारी पक्षलाई सरकारी टोलीले आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो। तर कोशी खारेजीका लागि सरकारले ठोस योजना नल्याएसम्म आन्दोलन नरोक्ने जवाफ आन्दोलनकारीले दिएका थिए ।

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले प्रदेश सरकारसँग वार्ता गर्न हिजोमात्रै वार्ता टोली बनाएको थियो। समितिमा गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु छन्। विभिन्न जातीय संघ संस्था र राजनीतिक दलको प्रतिनिधित्व हुने गरी टोली बनाइएको समितिले बनाएको छ।

प्रदेशका दुई सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साथ छाडेपछि प्रदेश सरकारले पहिचानवादी आन्दोलनकारीसँग वार्ता गर्न मन्त्रीस्तरीय समिति बनाएको थियो। नामबारे कुनै बहस नहुने बताउँदै आएका मुख्यमन्त्री हिक्मत कार्कीले आफू अल्पमतमा परेपछि भने वार्ता समिति बनाएका थिए। खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसादख सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य रहेको समिति बनाएर सरकारले वार्ता आह्वान गरेको थियो। 

यसक्रममा एक जना आन्दोलनकारी पदम लिम्बू लाजेहाङको मृत्यु भएको छ। चैत ५ मा विराटनगरमा घाइते भएका उनको चैत १० मा उपचारका क्रममा निधन भएको थियो। उनलाई सरकारले सहिद घोषणा गरिसकेको छ।