मोरङ । धिमाल जातिको मौलिक राष्ट्रिय पर्व जातिरि/सिरिजात पर्व यो वर्ष सम्पन्न भएको छ । प्रत्येक वर्षको वैशाख २ गतेबाट शुरु भएर असार २ गते मोरङ, उर्लाबारी–३ स्थित धिमाल परियोजना स्थलमा सम्पन्न हुने जातिरी÷सिर्जात समापन कार्यक्रम–२०८० प्रदेश न १ का पुर्व मुख्य मन्त्री तथा प्रदेश सभा सदस्य माननीय राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
त्यसैगरी संविधानसभा सदस्य तथा पुर्व अध्यक्ष नगेन्द्र बहादुर धिमाल, प्रदेश सभा सदस्य माननीय विद्या चाम्लिङ, उर्लाबारी नगर प्रमुख गङ्गा खरेल, पथरी नगर प्रमुखको मोहन तुम्बापोको विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा संस्थाका पुर्ब अध्यक्ष रामबहादुर धिमाल, संस्थापक तथा सल्लाहकार सुर्य बहादुर धिमाल, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो ।
यस वर्षको धिमाल युवा प्रतिभा पुरस्कर मेची नगरपालिका निवासी गायक राजेश धिमाललाई प्रदान गरिएको थियो । कार्यक्रममा धिमाल कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता संस्थाका सहअध्यक्ष कृष्ण बहादुर धिमाल र महासचिव मातृका धिमालले संचालन गर्नु भयो ।
