November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पहिचान पक्षधरहरूसँग वार्ता गर्न प्रदेश सरकारले गठन गर्‍यो वार्ता टोली

1.9K

विराटनगर । कोशी नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरहरूसँग वार्ता गर्न प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले खानेपानी तथा सिञ्चाइमन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा तीन सदस्यी वार्ता टोली गठन गरेको हो ।

वार्ताका लागि टोली समितिको सदस्यहरूमा कृषिमन्त्री समेत रहेका सरकारका प्रवक्ता सिटौला र सामाजिक विकास मन्त्री बुद्धि राजभण्डारी रहेका छन् ।

केहि दिन अगाडि मात्रै सरकारले असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरेको थियो । तर वार्ता टोली बनाएको थिएन ।

Advertisement