November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विद्यालयका कर्मचारी विद्यालयकै शौचालयमा जलिरहेको भेटिए

3.1K

विराटनगर । मोरङको सुन्दरहरैचास्तिथ एक विद्यालयका कर्मचारी विद्यालयकै शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालयका लेखापाल ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार बिहान करिब सात बजे शौचालयबाट उनी चिच्याएको सुनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शौचालयमा विषको बोत्तल समेत भेटिएको प्रहरीले जनाएको छ । उनले विष सेवन गरेर आफैलाई आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

जलेर गम्भीर घाइते उनको कोशी अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement