विराटनगर । खोटाङको दिक्तेलमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । विहीबार दुईतला माथिको रेलिङबाट खस्दा ५ वर्षीया बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित सीताराम खत्रीको घरमा डेरा गरेर बस्ने साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँका रविन गुरुङकी ५ वर्षीया छोरी रोशनी गुरुङ रहेकी छन् ।
प्रहरीका अनुसार बेलुकी करिब ५ बजेतिर दुई तालामाथिको रेलिङबाट खसेकी उनको स्थानीय फेमिली अस्पतालमा उपचारको क्रममा करिब साढे ६ बजेतिर मृत्यु भएको हो ।
