November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

हिक्मत कार्की नेतृत्वबाट निकास ननिस्कने भन्दै सरकारबाट बाहिरियो जसपा

3K

विराटनगर । जनता समाजवादी पार्टी(जसपा) १ नम्बर प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट कुनै निकास ननिस्कने भन्दै स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूलाई पार्टीले फिर्ता बोलाएको हो ।

कोशी नामकरणको विरोधमा भइरहेको पहिचानपक्षधरको आन्दोलनमा जसपाको समर्थन रहेको छ । सरकारमा पनि बस्ने, आन्दोलनमा पनि समर्थन गर्ने कुरा नमिलेको भन्दै आलोचना भइरहेका बेला जसपा सरकारबाट बाहिरिएको हो । मन्त्री लिम्बुलाई बुधबार इटहरीमा बसेको प्रदेश समितिको बैठकले सरकारबाट फिर्ता बोलाएको हो ।

१ नम्बर प्रदेशमा एमालेले सरकारको नेतृत्व गरिरहेको छ । मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थन रहेको छ ।

Advertisement

यस प्रदेशमा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा –एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको १ जना प्रदेश सांसद छन् ।