November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोशी प्रदेश नामकरणविरुद्धका आन्दोलनकारीहरूसँग वार्ता गर्न उपेन्द्र यादवको आग्रह

2.1K

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा आन्दोलन गरिरहेका आन्दोलनकारीमाथिको दमन बन्द गर्न आग्रह गरेका छन् । आइतबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकपछि अध्यक्ष यादवले विज्ञप्ति जारी गरी वार्ताबाट समस्याको हल गर्न सरकारसँग आग्रह गरेका हुन् ।

प्रदेश सभाबाट प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राखिएपछि पहिचान पक्षधरहरूले आन्दोलन गरेको ३ महिना बित्न लागिसकेको छ । प्रदेशको नामकरण पहिचान र सभ्यताको आधारमा राखिनुपर्ने भन्दै आन्दोलन गर्ने क्रममा एकजनाले सहादत प्राप्त गरिसकेका छन् भने सयौं घाइते भएका छन् ।

यसै क्रममा अध्यक्ष यादवले कोशी नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाईसमेत सम्बोधन हुनेगरी पुनःनामाकरण गर्न माग गर्दै भइरहेको जनप्रदर्शनमाथि सरकारले दमन गरिरहेको आरोप लगाएका छन् । उनले प्रदर्शनमाथि दमन गर्ने कार्य तत्काल बन्द गरी समस्याको न्यायोचित सम्बोधन हुनेगरी आन्दोलनकारीसँग वार्ता गर्न माग गरेका छन् ।  

Advertisement