June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु

1.3K

विराटनगर । उदयपुरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–१२ चिलाउने स्थितमा चट्याङ लागेर एकजना बालकको मृत्यु भएको हो ।

हिजो बिहान ९ बजे स्थानिय निमा तामाङको १२ बर्षीय छोरा खड्गबहादुर तामाङलाई गोठमा बसिरहेको अबस्थामा अबिरल बर्षासँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृतक लाशको कानूनी प्रकृया पुरा गरी आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement