June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

हरिराज खेवा स्मृति प्रतिष्ठानमा कुसुमकुमारी श्रेष्ठ

235

धनकुटा । हरिराज खेवा स्मृति प्रतिष्ठानको चौथो साधारणसभाले अध्यक्षमा कुशुम कुमारी श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।

११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा खगेन्द्र विष्ट र नगेन्द्र गहतराज, महासचिवमा विष्णुमाया कन्दङ्वा, सचिवमा दुर्गा खजुम सुब्बा, कोषाध्यक्षमा भीम खेवा छन् ।

त्यसैगरी सदस्यहरुमा रोम बाजिम्पाक, शुक्रि राई, सरिता बराइली, भरतसिंह राई र ओमप्रकाश निरौला छन् ।

Advertisement

प्रतिष्ठानको संरक्षकमा हरिराज खेवाकी श्रीमती गिता गुरुङ खेवा र सल्लाहकारमा हेमराज भण्डारी, धनमाया वि.क., तिलकप्रसाद राई, तोर्णदिप तिगेला, ढुण्डिराज थापा, मोहन दास गुरुङ, ऋषिराम ढुंगाना, विष्णु पारघरी, ईश्वरी प्रसाद ओझा, उमेश राई र यमबहादुर बस्नेत चयन भएका छन् ।

साधारणसभामा प्रतिष्ठानका निवर्तमान अध्यक्ष विष्णु पारघरीले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष ऋषिराम ढुंगानाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझाव सहित पारित भएको थियो।