दमक । अननेरी क्याप्टेन (जिसिओ) भिसी रामबहादुर बेघा लिम्बू (एमभिओ) प्रतिष्ठानको समिक्षा बैठक बसेको छ । बैठकमा गुरूकूल योजनाबारे छलफल भएको छ । संस्थापक संरक्षक भिसी धर्मपत्नी पुनिमाया चाम्लीङ बेघाको प्रमुख अतिथ्यमा ट्रस्टको कार्यालय दमक ६, झापामा सम्पन्न भएको थियो ।
भिसीको निधनले प्रतिष्ठान व्यावस्थापन पक्ष कमजोर हुन नदिन सकेसम्म सबै पक्षले सकेको सरसहयोग दिन कसैले चुक्नु नहुने भिसी धर्मपत्नी चाम्लिङले बताइन् । प्रतिष्ठानले कानूनी प्रकृया मिलाएर आगमिदिनमा थप सामाजिक राहत पुग्ने गरी गुरूकूल योजना गर्ने बताए ।
समिक्षा बैठकमा विशिष्ठ संरक्षक सदस्य इन्द्र कुमारी देवान बेघा र जीवनकृष्ण बेघा, प्रतिष्ठान व्यावस्थापन समिति सदस्य मनरूपा थेबे, प्रतिमा सेवा इम्बुङ, रेश्मा ऐक्तेन लोरिदेन, सेवासावा सूर्यबहादुर बेघा, प्रेम देवान, लोकबहादुर जवेगु, अमरजङ् केरूङ, भगिप्रसाद बेघा, जमुना राई बेघा थिए ।
प्रतिष्ठान सचिव भिमराज बेघाले कार्यक्रम सञ्चालन गरेका थिए भने समिक्षा बैठक अध्यक्षता मोहन माङ्थेबेबाट भएको थियो ।
