काठमाडौँ । तेह्रथुमको आठराईमा शनिबार प्रदेशको नाम खारेजीको जनप्रदर्शन भएको छ ।
साहित्यकार खगेन्द्र सङ्ग्रौंला, अभियन्ता नन्द कन्दङ्वा, किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापो जनप्रदर्शनलाई सम्बोधन गरेका थिए । “हाम्रो मतले तपाईहरु सांसद बन्नुभयो, मन्त्री बन्नुभयो, तर हाम्रो भावनामाथि कुठाराघात गर्नका साथै हाम्रै टाउकामा गोली चलाउन कसले दियो ?” सङ्ग्रौलाले सम्बोधनका क्रममा सरकारलाई प्रश्न सोधेका थिए ।

त्यसैगरी भोजपुरमा जनता समाजवादी पार्टीले सदरमुकाममा बृहत् जन प्रदर्शन गरेको छ । प्रदेश नं. १ को पहिचानको आधारमा पुनःनामाकरण हुनुपर्ने, कोशी प्रदेश नाम खारेज हुनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएको हो ।
