विराटनगर । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल(जसपा)ले प्रदेश नम्बर १ स्तरीय पुनः नामाङ्कन सङ्घर्ष समिति बनाएको छ ।
जसपा मोरङका जिल्ला अध्यक्ष राज कुमार यादवको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेको हो । सो समितिको सचिवमा दिनेश साह रहेका छन् । भातृ तथा मातृ, पेशाकर्मी महासंघ, जनवर्गीय संगठनका अध्यक्षहरू सङ्घर्ष समितिका सदस्य रहेका छन् ।
मधेश प्रदेश समितिका अध्यक्ष तथा पुर्व स्वास्थ्य मन्त्री बैठकका प्रमुख अतिथि जयराम यादव, कोशी प्रदेश नामकरण सामर्थ्य र पहिचानको आधारमा हुनुपर्ने बताए । कार्यक्रम जोगीलाल यादव, मधेश मोरङ उपाध्यक्ष महेश्वर यादवको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त बैठकमा कुन्ता राई, अनिल कुमार ठाकुर, महिला फोरमका सदिना खातुन समाजवादी ट्रेडयुनियनका प्रदेश अध्यक्ष मो नसरूल, समाजवादी युवा फोरमका जिल्ला अध्यक्ष सुशील यादव, लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । सङ्घर्ष समितिले सर्कुलर जारी गरेमा बनेका सबै तहका सङ्घर्ष समितिले शसक्त रूपमा आन्दोलनमा सहभागिता जनाउने बताउनु भयो ।
यस अघि मोरङको ८ वटा वटा पालिकालाई समेटेर उतरी बेल्ट आर्कस्तरीय सङ्घर्ष समिति बनाएको थियो । समितिको संयोजकमा देउमान लिम्बू र सदस्य सचिवमा मातृका धिमाल रहेका छन् ।
प्रदेशस्तरीय सङ्घर्ष समितिको संयोजक लोक सागर साम्बाले प्रदेश, जिल्ला, पालिका, वडा तह सम्म सङ्घर्ष समिति बनाउने पार्टीको अभियान रहेको जनाए थिए ।
