सुनसरी । स्वर्णिम साहित्य समाजद्धारा आयोजित ‘स्कुलमा कविता’ कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।
वसन्त ऋतुका आर्य निरौला ‘प्रतिभाको खोजी स्कुलमा कविताको’ प्रथम विजेता बन्न सफल भएका छन् ।
त्यसैगरी द्धितीय हुने स्काइ इङ्लिस स्कुलकी पुष्पा घिमिरे, तृतीय हुने राजाबास इङ्लिस स्कुलकी सुस्मिता खत्री र सान्त्वना हने मुन बिम एकेडेमीकी इसा सुबेदी रहेकी छिन ।
कार्यक्रममा पोइट आइडलको १२ स्थानमा पर्न सफल कवि छबिना लुङ्गेली मगर प्रतिभाको खोजी स्कुलमा कविता आयोजकले सम्मानित गरेको छ ।
प्राज्ञ व्यक्तित्वहरुको उपस्थिति, साहित्यिक अनुरागी साथै बराहक्षेत्रका जनप्रतिनिधिलगायत व्यक्तित्वहरु उपस्थितमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो ।
