November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पहिचान पक्षधरहरूले बाटो छेकेपछि भेडेटार जान सकेनन् मुख्यमन्त्री कार्की

9.4K

सुनसरी । पहिचान पक्षधरहरूको अवरोधका कारण १ नम्बर प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की धनकुटा जान सकेनन् । भेडेटारको नाम्जेस्थित एमालेको १ नम्बर प्रदेश भरीका केन्द्रीय सदस्यहरुको बैठकमा भाग लिन जाने क्रममा पहिचानवादीहरूले अबरोध गरेपछि उनी कार्यक्रममा उपस्थित हुन पाएनन् ।

मुख्यमन्त्री नाम्जे जाने भएपछी पहिचान पक्षधरहरू अवरोध गर्न ठाउँठाउँमा भेला भएका थिए । आन्दोलितहरूले गौडा छेकेको थाहा पाएपछि मुख्यमन्त्रीको धनकुटा जाने कार्यक्रम स्थगित गरेका हुन् ।

किरात याक्थुङ चुम्लुङकी केन्द्रीय महासचिव निरन्ती तुम्बापोका अनुसार इटहरी, धरान, तरहरा, भेडेटार लगायत विभिन्न ठाउँमा पहिचानवादीहरुले प्रदर्शन गरेका थिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश १ को नाम कोशी राखेकाले किराती बाहुल क्षेत्रमा उनलाई प्रबेशमा प्रतिबन्ध लगाइएको जसपाका नेता सागर सरगम चेम्कोङले बताए ।

Advertisement

फागुन १७ गते ८२ सांसदको हस्ताक्षरमा प्रदेश १ लाई ‘कोशी’ प्रदेश नामकरण गरेपछि पहिचान पक्षधरहरू आन्दोलित छन् । कोशी नामकरणविरुद्ध आन्दोलन गरेको २ महिना बितिसक्दा पनि सरकार मौन बसेपछि पहिचान पक्षधरहरू झनै आन्दोलित भएका छन् ।

आन्दोलनकै क्रममा पदम लिम्बू लाजेहाङ सहिद भएका छन् । उनलाई सरकारले सहिद घोषणा गर्नुका साथै परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेपछि पहिचान पक्षधरहरूले उनको शवलाई बुझेर अन्त्येष्टि गरेका छन् ।