November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘पालिकाको संरचना बनेको जग्गाहरू मातहतमा पास गरियोस्’ –वनेम

1.9K

ताप्लेजुङ । मैवाखोला गाउँपालिकास्थीत विभिन्न विद्यालय, स्वास्थ्यचौक तथा चिस्यान केन्द्रहरूमा प्राप्त जग्गाहरू पालिकामातहतका संस्थामा पास गरिदिन अध्यक्ष विजयप्रकाश वनेमले ताकेता गरेका छन् ।

पालिकामातहतमा नआएको संरचनाहरूमा वडा नंं. ४ को स्वास्थ्यचौकी भवन, वडा नं. ५ को स्वास्थ्यचौकी भवन, नारायणी माविको भवन, वडा नं. ३ को चिस्यान केन्द्र आदि छन् ।

अघिल्लो कार्यकालमा कानुनी रूपमा जग्गा प्राप्त नगरी अन्धाधुन्द तरिकाले ठेकका खुलाई संरचना निर्माण गरेको कुरा पनि अध्यक्ष वनेमले खुलाएका छन् । मातहतका संस्थामा पास गरिदिन पटकपटक ताकेता गर्दासमेत विभिन्न वहानामा हालसम्म पनि दाताकै नाममा रहेको अध्यक्ष वनेमको भनाई छ ।

Advertisement

“कुनै पनि किसिमको पुर्वाग्रह र सङ्कीर्ण सोच नराखी सहजीकरण गरिदिन निवर्तमान जनप्रतिनिधी साथीहरूलाई सार्वजनिक रूपमा आग्रह गर्दछु । यो विकृतिपूर्ण कदम सच्याउन जति ढिलो भयो उति बेफाइदा हुने कुराप्रति समेत ध्यानाकर्षण गराउदछु ।” अध्यक्ष वनेमले फेसबुकमार्फत फोटोसमेत सार्वजनिक गर्दै भनेका छन् ।