विराटनगर । पाँचथरमा एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गरी मसाल जुलुस निकालिएको छ । कोशी प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरले ओलीलाई लक्षित गर्दै पाँचथरको फिदिममा मसाल जुलुस निकालेका हुन् ।
फिदिमस्थित चुम्लुङ हिमबाट निस्केको मसाल जुलुस शिवालय, लोकतन्त्र चोक र भानु मार्ग हुँदै गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
मसाल जुलुसको नेतृत्व भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन र किराँत याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्वापोले गरेका थिए ।
ओली दुई दिनदेखि पाँचथरको सदरमुकाम फिदिममै रहेका छन् ।
