गाईघाट । उदयपुरमा १ हजार १ सय ११ जनाको पहिचानमा आधारित नामांकन संयुक्त संघर्ष समिति गठन भएको छ ।
प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति घोषणा कार्यक्रम अन्तर्गत मंगलबार सदरमकाम गाईघाट स्थित टावनहल होटलमा आयोजित भेलाले गंगा राईको संयोजकत्वमा उक्त समिति गठन भएको हो ।
समिति गठनका क्रममा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले कसैले नचाहेको पहिचान ‘कोशी’ बनाइनुले दलहरुको नश्लीय चरित्र उदांगो भएको बताए । ठूला दल भनाउँदाहरु अहिले पनि संवैधानिक राजतन्त्र र पञ्चायती मनोवृत्तिले ग्रस्त भएकोले पहिचान गुमाउन पुगेको उनको धारणा थियो ।
उनले भने, ‘पहिचानको आन्दोलन उठेको छ, यसलाई कुनै कसैको तागतले रोक्न सक्दैन र पहिचान प्राप्तिको लागि दत्तचित्त भएर लाग्न पहिचान पक्षधरहरुलाई आग्रह गर्दछु ।’
किराया महासचिव भिम राईले पहिचानको आन्दोलन तुहाउँन अनेकौ बहानावाजी भइरहेकोप्रति सचेत रहन आग्रह गरेका छन् । उनले आन्दोलनलाई निष्कर्षमा पु¥याउन पहिचान पक्षधरहरु सबै एक हुनु पर्ने बताए । संयुक्त संघर्ष समितिका घटक जनमुक्ति पार्टीका महासचिव बलदिप राई, जनता समाजवादी पार्टी निकट किरात राष्ट्रिय समितिका सचिव गोपाल राई, नेकपा माओवादी केन्द्र त्रियुगा नगर उपाध्यक्ष शोभराज तामाङ, नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष डिवी गुरुङले पहिचानको आन्दोलनलाई एकतावद्ध भएर सफल पार्नु पर्ने बताए ।

कार्यक्रममा किराया केन्द्रीय उपाध्यक्ष देवन राई, युवराज राई, महासचिव भिम राई, किरात प्रज्ञापरिषदका केन्द्रीय सदस्य भद्रगोल किराती, किरायाका वरिष्ठ संरक्षक सदस्य गणेश पुमा, सिद्धान्त राई लगायतका उपस्थिती रहेको थियो ।
किराया केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले पहिचान विरोधी सांसद तथा मन्त्रीहरुलाई सार्वजानिक कर्यक्रममा जान डराइरहेको बताएका छन् । कार्यक्रम सकिन लगत्तै किरात राई पत्रकार संघ उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राईले सो कुरा बताएका हुन् ।
प्रदेशको नाम (कोशी) खारेज गरी नामलाई पहिचानको आधारमा पुनः नामांकण गर्ने सरकारलाई अनुरोध गरिरहेको बताए । हाम्रो गम्भिर विषयलाई वास्ता नगरी खेलाची ठानीय त्यसको परिणाम सुखद नहुने र यसबाट हुने क्षतीबारे सरकार स्वयम जिम्मेवार हुनु पर्ने पनि बताए ।
शान्तिपूर्ण आन्दोलनलाई सरकारले तत्काल सम्वोधन गरी आन्दोलनलाई रचनात्मक निष्कर्षमा पु¥याउनु पर्ने राईले माग गरेका छन् । यदि हैन भने, नेता तथा सांसदहरुलाई गाउँवस्तीमा रोक लगाउनुका साथै राजनीतिक कार्यक्रमहरु बिथोल्ने समेत उनले चेतावनी दिए ।
किरात सभ्यतालाई जवर्जस्ति जातमा जोडेर आदिवासी जनजातिहरुको पहिचानलाई कम्जोर बनाउने सरकारको दुष प्रयास मान्य नहुने र त्यसको विपक्षमा आपूmहरु जस्तोसुकै मूल्य चुकाउन पनि बाध्य पत्रकार सम्मेलनमा उनले बताए ।
पहिचानवादीको जति रगत पसिना बग्छ त्यो बगोस् तर, पहिचान मेटेर हामी पछि हट्ने छैनौ, अध्यक्ष राईले भने । पहिचानको लागि लाखौ युवाहरु लाजेहाङ बन्न तयार रहेको जिकिर गरे । सम्मेलन विक्रम राईको अध्यक्षता र चेवन राईको सञ्चालनमा समापन भएका थियो ।
