काठमाडौँ । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले नयाँ वर्ष २०८० को शुभकामना दिएका छन् ।
शुभकामना सन्देशमा उल्लेख गरेका छन् –“विविधतायुक्त तथा फरक विशेषता बोकेको हाम्रो प्रदेशमा सबै जाति, भाषिक, धार्मिक तथा सांस्कृतिक समुदाय रहेका छन् । सबै जाति, भाषिक, धार्मिक तथा सांस्कृतिक समुदायले आ–आफ्नै नयाँ वर्ष मनाए तापनि मुलतः विक्रम सम्वत्ले नै सबै नेपालीलाई डो¥याएको कुरा प्रष्ट पार्न चाहन्छु ।”

