November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

खोटाङमा प्रदेश सांसदलाई दुर्व्यवहार

1.2K

खोटाङ । खोटाङबाट प्रदेश सांसदमा निर्वाचित पाँचकर्ण राईलाई दुर्व्यवहार भएको छ । यायोक्खाका पदाधिकारीले प्रदेश सांसदमाथि कालोमोसो दली दुर्व्यवहार गरेका थिए ।

दुर्व्यवहार भएको आरोपमा किरात राई यायोक्खा, खोटाङका अध्यक्ष युगसन किरात, सहकोषाध्यक्ष डार्विन चाम्लिङ, दिक्तेल नगर उपाधयक्ष सप्तमणी राई र स्थानीय युवा सुनिल राईलाई प्रहरीले हिरासतमा लिएको थियो । उनीहरु आजै समाजसेवी सुर्य राईको रोहवरमा रिहा भएका छन् ।

किरात राई यायोक्खाले विज्ञाप्ती जारी गरेरै ‘कोशी’ नाममा मतदान गर्ने प्रदेश संसद र मन्त्रीहरुलाई खोटाङ नआउन र संघ–संस्था तथा राजनीतिक दलहरुलाई अतिथिको रुपमा नबोलाउन आग्रह गरेको थियो ।

Advertisement

विज्ञप्तिको अवज्ञा गर्दै प्रदेश संसद र मन्त्रीहरु खोटाङ आए वा संघ संस्थाले अतिथि निम्त्याए उनीहरुमाथि हुने अभद्र व्यवहारको जिम्मेवारी स्वयं संसद वा मन्त्री र कार्यक्रम आयोजक संस्थाले लिनुपर्ने विज्ञप्तीमा उल्लेख थियो ।