काठमाडौं । ताप्लेजुङमा ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । आफैले कुदाएको ट्याक्टर दुर्घटना हुँदा १६ वर्षीय प्रिजन लिम्बुको घटनास्थलमै मृत्यु भएको हो ।
मंगलबार साँझ करिब ६ बजेर ३० मिनेटको समयमा मामाङ्खेबाट दाउरा लिएर फर्किने क्रममा सिरिजङ्गा वडा नम्बर ५ पेदाङमा ०२००३त१४६४ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो । ट्याक्टर सडकदेखि करिब ७० मिटर तल खसेको थियो ।
स्थानीय पत्रकार एआर माबोका अुनसार मृतक लिम्बु सिकारु चालक थिए । मुख्य चालक चिया खान होटलमा पसेको समयमा मोबाइल लिएर आउछु भनेर गाडी लिएर गएको मुख्य चालकले बताएको उनले जानकारी दिए ।
लिम्बुको शबलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पोष्टमार्टम पछि उनको दाहसंस्कार गरिने पत्रकार माबोले जानकारी दिए ।
मुख्य चालक पाँचथर हिलिहाङ गाउँपालिका थर्पुका २१ वर्षीय दिपेन्द्र दाहाल अहिले प्रहरी नियन्त्रणमा छन् ।
