November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘कोसी प्रदेश’ नामकरणविरुद्ध पोखरामा धर्ना, काठमाडौंमा बृहत् नागरिक आन्दोलन हुँदै

2.4K

काठमाडौं । ‘कोसी’ प्रदेश नामकरणविरुद्ध पोखरामा धर्ना दिइएको छ । चैत ५ गतेको घटनाका सम्बन्धमा गृह मन्त्रालयद्वारा गठित छानविन समितिलाई दबाबस्वरुप धर्ना कार्यक्रम राखिएको हो I

‘नागरिक वाक स्वतन्त्रताको रक्षा गर्’, ‘मुक्ति लाजेहाङ लिम्बाई सहिद घोषणा गर्’, ‘चैत ५ गते भएको घटनालाई छानविन गरि दोषीलाई कारबाही गर्’, ‘नागरिक माथिको अत्याधिक बल प्रयोग बन्द गर’ लगायतको नारासहित बुधबार ११ बजे पोखराको लखन चोकमा धर्ना कार्यक्रम राखिएको थियो भने बिहीबार १२ बजे विपी चोकमा धर्ना कार्यक्रम राखिने अमृत गुरुङले जानकारी दिए।

यस्तै, प्रदेश १ पुन: नामाङ्कन संघर्ष समितिको आयोजनामा १७ गते काठमाडौंमा बृहत् नागरिक आन्दोलन हुने भएको छ । दिउँसो २ बजे माइतीघर मण्डलादेखि संसद भवनसम्म संघीय मार्च हुन लागेको हो ।

Advertisement

फागुन १७ गते छापामार शैलीमा प्रदेशलाई कोसी नामकरण गरेपछि अहिले देशभर बिरोध प्रदर्शन भैरहेको छ । सभ्यता र पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राख्दै आएका पहिचान पक्षधरहरूले प्रदेशका पाँचथर, तेह्रथुम, धनकुटाका, झापा, सुनसरी लगायतका जिल्लाहरूमा गाउँपालिका, वडा कार्यलयमा ताला लगाउने र कालो झन्डा गाड्ने गरिरहेका छन् ।