November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राष्ट्रिय दलित आयोगद्वारा प्रदेश प्रमुख खापुङ समक्ष वार्षिक प्रतिवेदन पेस

1.7K

विराटनगर । कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगका सदस्य टुन्जे बराइलीले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा उपस्थित भई राष्ट्रिय दलित आयोगका सदस्य टुन्जे बराइलीले “एक्काइसौं शताब्दिमा पनि दलित आयोगको प्रतिवेदन बुझाउन आउनु त्यति निको लागेको छैन । तर पनि दलित भएकैले अपहेलित भएर बाँच्नुपर्ने, कुटिनुपर्ने, मारिनुपर्ने समस्या ज्यूँका त्यूँ छन् ।”, भनेका थिए ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख परशुराम खापुङले २०२० सालतिरै दलित भेदभावविरुद्धको कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको स्मरण गरे । “त्यसबेलाको तुलनामा अहिले धेरै भेदभाव कम हुँदै गएकोले भविष्यमा शुन्य हुनेमा आशावादी छु । साथै, यो समस्या दलितको मात्रै नभएर देशकै समस्या हो ।”, प्रमुखले भने ।

Advertisement