November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सूर्य बराइली चयन

2K

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चको पुनर्गठन भएको छ । पछि अन्य सदस्य मनोनयन गर्ने गरी सूर्य बराइलीको अध्यक्षतामा हाललाई ११ सदस्यीय ताप्लेजुङ काठमाडौं–सम्पर्क मञ्च गठन गरिएको हो ।

मञ्चको उपाध्यक्षमा छेतेन फिन्जो शेर्पा, उपाध्यक्ष ताम्किङ शेर्पा, सचिव रोशनी माबो, सहसचिव पवन हाङ्गाम, कोषाध्यक्ष सिम्रन ओनेम चयन भएका छन् भने सदस्यहरू मिङमा शेर्पा, सौरभ सिवा, मिलन कडरिया, केशर सिंह आङ्बोहाङ र दिल कुमार तुम्बाहाम्फे चयन भएका छन् ।

नवगठित पदाधिकारी तथा सदस्यहरूलाई सम्पर्क विशेष कमिटीका उपसचिव केशर अधिकारीले सपथ गराएका थिए । नवगठित सम्पर्क मञ्चलाई प्रमुख अतिथि डमर बहादुर तुम्बाहाम्फे, विशेष अतिथि केशर अधिकारी र अतिथि छिरिङ लामाले शुभकामना मन्तव्य राखेका थिए ।

Advertisement

बिहीबार काठमाडौंमा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी सल्लाहकार परिषद सदस्य डम्बर बहादुर तुम्बाहाम्फे प्रमुख अतिथि रहेका थिए । सम्पर्क विशेष प्रदेश कमिटीका उपसचिव केशर अधिकारी विशेष अतिथि र ताप्लेजुङ जिल्ला कमिटीका अध्यक्ष एवम् जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

छेतेन फिन्जो शेर्पाको अध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन रोशनी माबोले गरेका थिए ।