November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोसी नामकरणविरुद्धको आन्दोलनमा घाइते भएका पदम लिम्बुको मृत्यु

6.8K

लाजेहाङ लिम्बुको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरु, पार्टीहरु, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीले लिनुपर्छः कियाचु

काठमाडौं । कोसी प्रदेश पुन नामकरणको माग राख्दै आन्दोलनमा सहभागी भएका एक आन्दोलनकर्मीको मृत्यु भएको छ । आन्दोलनको क्रममा प्रहरीको लाठीचार्जबाट टाउकोमा गहिरो चोट लागेका लाजेहाङ् सुक्वाबा (पदम लिम्बू)को उपचारको क्रममा मृत्यू भएको हो ।

धरानस्थित बिपि मेमोरियल अस्पतालमा उपचार गराइरहेका सुक्वाबाको शुक्रबार बिहान २ः३० बजे निधन भएको किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले जानकारी दिए । ’थप उपकरणको लागि हेलिकप्टर चार्टर गरी काठमाडौंको मेडिसिटी हस्पिटल ल्याउने तयारी गर्दागर्दै वहाँको निधन भयो ।,अध्यक्ष येक्तेनले जानकारी दिए ।

चैत ५ गते बिराटनगरमा भएको पहिचान पक्षधरहरूको बृहत् जनप्रदर्शनको अग्रपंक्तिमा रहेका उनलाई प्रहरीले लाठी चार्ज गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

Advertisement

सरकारले तोकेको निषेधाज्ञा क्षेत्र तोडेर संसद भवन अगाडी प्रदर्शनकारीले कोणसभा राखेका थिए । निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र आन्दोलनकर्मीबीच झडपसमेत भएको थियो । झडपमा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाइ फायरिङ गरेको थियो । उक्त आन्दोलनको आन्दोलनको अग्रपंक्तिमा उभिएका थिए सुक्वाबा ।

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को घटक दल सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको सचिवालय सदस्य एवम् यस मञ्च मातहत लिम्बुवान भोलेन्टियर्स (एल.भी.) का केन्द्रीय सह–कमान्डरसमेत रहेका लाजेहाङ वि.स. २०३७ साल कात्तिक १७ गते तेह्रथुम जिल्लाको साब्लामा जन्मिएका हुन् । हाल उनी मोरङ जिल्लाको बेलबारी लालभित्तिमा हुर्किबढी हाल धरानमा बसोबास गर्दै आएका थिए । लिम्बु ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को घटक दल स.लो.रा. मञ्च – सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चको स्थापना काल २०६२ देखि नै अति सक्रियताका साथ लिम्बुवान आन्दोलनमा होमिएका थिए। उनले एल.भी.को केन्द्रीय सह–कमान्डर एवम् न्याय विभागको जिम्मेवारी बहन गरिरहेका थिए ।

लाजेहाङ लिम्बुको हत्याको जिम्मा प्रदेश १ का ८२ सांसद, पार्टी, मुख्यमन्त्री, प्रधानमन्त्री र प्रहरीले लिनुपर्ने किरात याक्थुङ चुन्लुङले बताएको छ । शुक्रबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै चुम्लुङले भनेको छ, ’ लाजेहाङ लिम्बुको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरु, पार्टीहरु, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीले लिनु पर्दछ । मुक्ति योद्धा लाजेहाङ लिम्बुको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र लाजेहाङलाई सहिद घोषणा गर्न जोडदार माग गर्दछौं ।’

हत्याको बदला लिने पनि कियाचुले चेतावनी दिएको छ । ’कमान्डर लाजेहाङ लिम्बुको हत्याको – राजनैतिक बदला लिने छौँ । हत्याराहरुलाई कानुनी कठघरामा उभ्याउने छौँ । कोशी प्रदेश नाम खारेज गराउने छौँ । सशक्त संयुक्त आन्दोलन जारी रहने छ । सहिद लाजेहाङलाई सहिद घोषणा गर ।’, विज्ञप्तिमा भनिएको छ ।

कियाचु अध्यक्ष येक्तेनले अझ सशक्त आन्दोलन गर्ने बताए । ’अहिले बिहान ८ बजे मिटिङ बस्ने छ । राज्यले सहिद घोषणा गरी आन्दोलनलाई सम्बोधन नगरेसम्म शवलाई दाहसंस्कार नगर्ने विषयमा छलफल हुनेछ । हामी अझैं सशक्त आन्दोलन गर्नेछौं ।’अध्यक्ष येक्तेनले भने ।