विराटनगर । कोसी प्रदेश नामाकरणविरुद्ध विराटनगरमा आयोजित ‘पहिचानका लागि सडक साहित्यिक यात्रामा’ सहभागी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई र कवि तथा पत्रकार संजय याख्खा पक्राउ परेका छन् ।
कोशी प्रदेश संसद भवन नजिक कविता बाचन सुरु गरेका उनीहरूलाई प्रहरीले त्यहाँबाट हट्न निर्देशन दिएको थियो । तर, कविता वाचन गर्न थालेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
महासंघ सुनसरीका अध्यक्ष राईसहित अर्का सन्जय याख्खा पनि पक्राउ परेका छन् । उनी पनि धरानका पत्रकार नै हुन् ।
किराँत राई लेखक संघ, किराँत अन्तराष्ट्रिय साँस्कृतिक अभियान, याक्थुङ लेखक संघले आयोजना गरेको सडक साहित्यिक यात्रामा सहभागी हुन विभिन्न जिल्लाबाट साहित्यकारहरु विराटनगर आएका थिए ।
प्रदेशको नामाकरणमा पहिचान मेटाएर कोशी राखिएको विरोधमा किराँत–लिम्बुहरु विरोधका कार्यक्रम गर्दै आएका छन् ।
