बिराटनगर । मोरङको रतुवामाई नगरपालिका–१ स्थितबाट अवैध रुपमा बालुवा बोकेको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी गस्ती टोलीले रतुवामाई–१ स्थितमा भारतीय बिआर ३८९–२०२ नम्बरको ट्रयाक्टर नेपाल प्रवेश गरी अवैध रुपमा बालुवा भारततर्फ लादै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
बालुवासहित नियन्त्रणमा लिएको उक्त ट्रयाक्टरलाई आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।