June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

कोशी नामाकरणको विरोध गर्दै काठमाडौंमा प्रदर्शन,नाम नसच्याए निरन्तर आन्दोलन गर्ने चेतावनी

२०७९ फाल्गुन १८

2.5K

काठमाडौं । प्रदेश १ को नामाकरणमा असहमति जनाउँदै ‘लिम्बुवान–किरात संयुक्त संघर्ष समिति’ले काठमाडौंमा प्रदर्शन गरेको छ । बुधबार प्रदेशसभा बैठकले छापामार शैलीमा प्रदेश १ को नाम कोशी राखेपछि संघर्ष समितिले असहमति जनाउँदै राजधानी लगायत देशको विभिन्न ठाउँमा प्रदर्शन गरेको हो ।

संघीय राजधानीको माइतीघरमा जम्मा भएका लिम्बुवान–किरात पक्षधरले पहिचानवादी आन्दोलनको अपमान भएको बताएका छन् । उनीहरुले, प्रदेशको नाम नसच्याए निरन्तर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

संघर्ष समितिले प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने माग राख्दै आएको छ । समितिले प्रदेश १ क्षेत्रमा समेत संघर्षका गतिविधि अघि बढाएको छ ।

Advertisement

समितिले भोली हजारौं स्थानमा कालो झन्डा गाड्ने, आगो बाल्ने र पहिचान पक्षधर संगठनहरुसँग थप सल्लाह सुझाव लिई आन्दोलन गर्ने पनि निर्णय रहेको छ । आज काठमाडौं र पूर्वको बेलबारी, झापा लगायतमा गरिएको बिरोध प्रदर्शन भोली २ बजे विराटनगरमा हुने समितिले जनाएको छ ।