विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक सुरु भएको छ । अहिले प्रदेश १ को नामकरण गर्ने कार्यसूचीसहित बैठक बसिरहेको छ ।
प्रदेशको नाम ‘कोशी प्रदेश’ हुनुपर्ने नेकपा एमालेको प्रस्ताव रहेको छ । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरूले भने ‘किरात लिम्बुवान सगरमाथा’ नामसहित प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन् । प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।
नेकपा (माओवादी केन्द्र) ले भने एमालेले राखेको कोशी प्रदेशको प्रस्तावमा संस्थागत असहमति जाहेर गर्दै मतदान गर्ने जनाएको छ ।
प्रदेशसभाको आजको बैठकले नामकरणको विषयमा निर्णय गर्ने कार्यसूची छ । प्रदेशसभाकाे नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुई तिहाई सांसदकाे समर्थन हुनुपर्ने संबैधानिक व्यवस्था छ ।
प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।
यसअघि प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ‘काेशी प्रदेश’ नामकरणका लागि दिएकाे समर्थन फिर्ता लिएकाे छ । उक्त प्रस्तावमा समर्थक बसेका काँग्रेसका प्रदेश सांसद भूमिप्रसाद राजवंशीले समर्थन फिर्ताका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता हुन्।