June 15, 2025, Sunday
२०८२ असार १
1:37:26 pm

‘स्कुलमा कविता’ को अडिसन राउण्ड सम्पन्न, उत्कृष्ट -१० को फाइनल बैशाखमा हुने

२०७९ फाल्गुन १६

2K

धरान । ‘स्कुलमा कविता’ अन्तरगत साविक प्रकाशपुर गाविस र मधुवन गाविसको अडिसन सकिएसङ्गै ‘स्कुलमा कविता’को अडिसन राउण्ड सम्पन्न भएको छ । स्कुल-स्कुलमा गएर विद्यार्थीहरुसँग साहित्य सिर्जना खोज्ने उदेश्यका साथ स्वर्णिम साहित्य समाज बराहक्षेत्र -३ ले सुरु गरेको अडिसन अन्तर्गत १३ गते शनिबार सम्पन्न भएको हो ।

बराहक्षेत्र नगरपालिकाका पुर्व उपप्रमुख कमला मगरको प्रमुख आतिथ्यमा प्रकाश माविमा सम्पन्न अडिसनमा साविक प्रकाशपुरबाट जयसप्तकोशी इङ्लिस स्कुलका दिपिसा कार्की प्रथम र राजाबास सेकेन्डरी स्कुलका सुमित्रा खत्री दोश्रो बन्दै उत्कृष्ट १० को निम्ति छनोट भएका छन् भने प्रकाश माविका ऋतु राय तेस्रो बन्न सफल बनिन् । उता साविक मधुवनबाट मोहन माविकी ज्योतिष्ना खड्का प्रथम र माउन्ट भिउ इ. स्कुलका सलिना पोख्रेल दोस्रो बन्दै उत्कृष्ट १० को निम्ति छनोट भएका छन् ।

सो अडिसनमा विशेष अतिथि कवि देबेन्द्र खापुङ, यस्तै स्थानीय विशेष कवि कृष्ण बहाव र सिताराम चन्द्रवङ्सीले आफ्ना कविताहरु प्रस्तुतसमेत गरेका थिए । विशेष अतिथि धरान नगरपालिका वार्ड नम्बर- १३ का वडाअध्यक्ष नेत्र काफ्लेले स्वर्णिम साहित्य समाजको हरेक कार्यक्रममा आफ्नो साथ रहने बताए ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका पूर्व उपप्रमुख कमला मगरले स्वर्णिम साहित्य समाजको यो अभियानको कार्यक्रमले आफू असाध्यै प्रभावित रहेको बताउदै कला र साहित्य भन्दा पर कोही रहन नसक्ने बताए ।

अडिअसन सम्पन्न भएसँगै ‘स्कुलमा कविता’ प्रतियोगितात्मक कार्यक्रमले फाइनल चरणका निम्ति उत्कृष्ट १० प्रतिष्प्रर्धी पाएको छ । यस अघि साविक भरौल, बराहक्षेत्र र महेन्द्रनगर गा.वि.स. हरुबाट ६ प्रतिस्पर्धी छनोट भैसकेका छन् । ‘स्कुलमा कविता’ कार्यक्रमको फाइनल आगामि वैशाखमा हुने स्वर्णिम साहित्य समाजका सचिव लक्ष्मण कटुवालले बताए । देशकै प्रतिष्ठित साहित्यिक व्यक्तित्व निम्त्याएर सो कार्यक्रम गरिने पनि उनले बताए ।

सो कार्यक्रमका विजेताले रु .१० हजारको साथमा ट्रफी, प्रमाणपत्र र ५ हजार बराबरको पुस्तकहरु प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले रु ५ हजार, तेस्रो हुनेले ३ हजार र सान्त्वनाले रु २ हजार र पुस्तकहरु प्राप्त गर्नेछन् ।