June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

प्रदेश १ का प्रमुख परशुराम खापुङद्धारा दुई विधेयक प्रमाणीकरण

२०७९ फाल्गुन १५

1.7K

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले दुई विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश नं. १ को प्रदेश सभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुनआएको दुई विधेयकलाई प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा प्रमाणीकरण गरिएको हो ।

प्रदेश प्रमुख खापुङले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०७९’ र ‘केही प्रदेश ऐनलाई संशोधन गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको बिधेयक, २०७९’ लाई नेपाल संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् ।

Advertisement