दमक । झापाको कमल गाउँपालिका–३ र दमक नगरपालिका–६ ट्याक्सी स्टेण्डबाट अबैध कपडासहित दुईवटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार अपरान्ह कमल गाउँपालिका–३ केर्खास्थित पूर्वपश्चिम राजमार्गबाट अबैध कपडा बरामद भएको हो ।
गस्ती टोलीले चेकजाँच गर्ने क्रममा पश्चिम तर्फ आउदै गरेको मे.१ज २८०४ नम्वरको पिकअप गाडीमा अवैध रुपमा ल्याउदै गरेको करिव १४ लाख ८० हजार ७ सय ७८ रुपैयाँ मुल्य बराबरको विभिन्न किसिमका सारी लगायतको कपडाहरु बरामद गरेको थियो ।
यसै गरी सोही टोलीले दमक–६ स्थित ट्याक्सी स्टेण्डमा प्रदेश १–०१–००१ च ७७२९ नम्बरको पिकअप गाडीलाई चेकजाच गर्ने क्रममा करिव ६ लाख ६१ हजार ७ सय ४१ रुपैया मुल्य बराबरको विभिन्न किसिमका सारी लगाएतको कपडाहरु बरामद गरेको हो ।
अवैध कपडा बरामद भएसँगै नियन्त्रणमा लिईएका मे.१ज २८०४ नम्वरको पिकअप, चालक हल्दीबारी–२ झापाका २४ बर्षीय जनक कर्मकार र प्रदेश १–०१–००१ च ७७२९ नम्बरको पिकअप, चालक भद्रपुर–५ का ३२ बर्षीय अनिल विकसमेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाईएको प्रहरीले जनाएको छ ।
