बिराटनगर । प्रदेश नम्बर १ प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी कर्मचारीहरुलाई १ दिने फोटोग्राफी सम्बन्धी अनुशिक्षण तालिम प्रदान गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले स्थानिय टेलिभिजनहरुसँग समन्वय र सहकार्यमा तालिम दिएको हो ।
प्रहरीद्धारा गरिएका प्रहरी गतिविधि, अपराध सम्बन्धिका खवरहरु, विभिन्न जनचेतनामूलक सामग्रीहरुका साथै विविध बिषयमा आम जनमानसमा सचेतना अभिबृद्धी गर्ने उदेश्यले तालिम दिइएको हो ।
प्रहरीद्धारा सम्पादन गरेका काम कारवाहीहरुको श्रब्य दृश्य संकलनका लागी १ नम्बर प्रदेशका ईलाका प्रहरी कार्यालय “क” स्तर सम्मका प्रहरी कार्यालयमा कार्यरत २÷२ जना प्रहरी कर्मचारीहरु गरी जम्मा १०० जनालाई नेपाल टेलिभिजन ईटहरीको प्रावाधिक प्रशिक्षकको सहयोगमा १ दिने फोटोग्राफी तथा भिडियोग्राफी र मोवायलग्राफी सम्बन्धी तालिम प्रदान गरिएको हो ।