May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदै

1.6K

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबारबाट कार्यभार सम्हालेका थिए ।

प्रदेशसभा सचिवालयका अनुसार विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने छ ।

९३ सदस्यीय प्रदेशसभमा बहुमतका लागि ४५ मत आवश्यक पर्छ । मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाको एक सांसदको समर्थन छ ।

Advertisement

आज नै नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने तयारी छ । माओवादी केन्द्रबाट आज दुई जना मन्त्री सरकारमा सहभागि हुनेछन् ।