July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध, कांग्रेसको पनि समर्थन

1.4K

काठमाडौं । प्रदेश १ को सभामुखमा नेकपा माओवादीका तर्फबाट उम्मेदवार बन्नु भएका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट गौतमको एकल उम्मेदवारी परेको थियो ।

उनलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसको पनि समर्थन रहेकाले कांग्रेसले उम्मेदवार खडा गरेको थिएन । त्यसकारण गौतम निर्विरोध भएका हुन् । बिहीबार बसेको प्रदेश सभा बैठकले गौतमलाई निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरेको हो ।

प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गरे । गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुन् ।

Advertisement