November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ का ज्येष्ठ सदस्य गयानन्द मण्डलले थिए शपथ

1.4K

विराटनगर । प्रदेश नं. १ का ज्येष्ठ प्रदेश सभा सदस्य गयानन्द मण्डलले शपथ ग्रहण गरेका छन् । मंसिर ४ मा भएको निर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्यहरुमध्ये ज्येष्ठ सदस्य मण्डललाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराएका हुन् ।

उनलाई नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५, प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रामिक तथा सुविधासम्बन्धि ऐन, २०७५ को दफा १९ बमोजिम पद तथा गोपनियताको शपथ गराइएको हो ।

मण्डलको शपथ ग्रहणपछि आजै सांसदहरूले पनि पद तथा गोपनियताको शपथ लिनेछन् । प्रदेश १ मा ९३ जना सदस्य रहेका छन । उनीहरुलाई ज्येष्ठ सदस्य गयानन्द मन्डलले शपथ गराउनेछन् ।

Advertisement