विराटनगर । प्रदेश नं. १ का माननीय प्रदेश प्रमुख माननीय परशुराम खापुङ्गले प्रदेश सभा, प्रदेश नं. १ को बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको “प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९” लाई प्रमाणीकरण गरेका छन् ।
उक्त विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् ।
यस विधेयक प्रमाणीकरणपश्चात अब प्रदेश नं. १ मा प्रज्ञा प्रतिष्ठान गठन गर्नको लागि बाटो खुलेको छ ।
