सुनसरी । सुनसरीको दुहवी नगरपालिका–७ भलुवा चोकमा शनिवार सिटी सफारीले ठक्कर दिंदा स्थानीय ५ बर्षीया बालिकाको मृत्यु भएको छ ।
दक्षिणबाट उतरतर्फ जादै गरेको प्र०१–०२००२ ह ८४९८ नम्बरको सिटी सफारीले बाटो क्रस गर्दै गरेकी स्थानीय महेन्द्र पासवानको ५ बर्षीया छोरी आषिका कुमारी ऋषिदेवलाई ठक्कर दिंदा घाईते भएकी बालिकाको उपचारको क्रममा बिराटनर्सिंङ होम बिराटनगरमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
