November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्धित विषय समावेश गरिने

2.5K

विराटनगर । पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्धित विषय समावेश गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं. १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा विराटनगरमा आयोजित कार्यक्रममा सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको हो ।

व्यवहारिक शिक्षालाई जोड दिइरहेको र त्यसै अनुसार पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्धी विषय समावेश गर्न मन्त्रालयले कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीलका अनुसार विद्यार्थीलाई नयाँ कुरा दिन नसके शिक्षकले जागिर खानकै लागि पढाउने तथा विद्यार्थी पास मात्रै हुनका लागि पढ्न र यसलाई तोड्न सिकाइको नयाँ नीति अख्तियार गर्नुपर्ने आवश्यक रहेको बताए ।

Advertisement

कार्यक्रममा सहभागीले विद्यार्थीलाई बोझ हुने कुरा सिकाउनुभन्दा व्यवहारिक शिक्षामा जोड दिनु आवश्यक भएको र सरकारले त्यसको सुरुवात गरेको बताएका छन् ।

प्रदेशका सबै स्थानीय सरकार, सामाजिक विकास मन्त्रालय तथा केन्द्रको सरकारसँग पनि समन्वय गरेर यसलाई पूर्णता दिन सकिने विपद् तथा शैक्षिक क्षेत्रका जनकारहरूले बताए ।