November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ को नाम किरात राख्न माग गर्दै प्रधानमन्त्री देउवालाई स्मरणपत्र

2.8K

काठमाडौं । प्रदेश १ को नाम किरात राख्न माग गर्दै किरात राई यायोख्खाले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्मरणपत्र बुझाइएको छ । शनिबार किराया अध्यक्ष दिवस राई सहितको टोलीले देउवालाई स्मरण पत्र बुझाएको हो ।

स्मरण पत्र बुझ्दै काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले प्रदेश नामांकनको सन्दर्भमा किरात उल्लेख गर्दा फरक नपर्ने बताएको जनाइएको छ । किरात प्राचीन सभ्यता भएको र पहिले काठमाडौ उपत्यकामा किरातहरूले लामो समय शासन चलाएको हुँदा नाम राख्दा केहि फरक नपर्ने बताएको स्रोतले जनाएको छ ।

यस्तै, पहिचानको आधारमा किरात नामांकन गर्ने सन्दर्भमा कांग्रेस सकारात्मक रहेको जनाइएको छ ।

Advertisement

यस विषयमा टोलीले नेपाल सरकारको प्रवक्ता, सूचना तथा संचार मन्त्री माननीय ज्ञानेन्द्र कार्कीसँग विशेष छलफल गरेको थियो ।

भेटमा किराया अध्यक्ष दिवस राई र उपाध्यक्ष जीवन हाताचो राईले किरात प्रदेश नामांकनको औचित्य र आवश्यकता बारे बोलेका थिए ।