November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ मा १ अर्ब ६२ करोड बेरुजु

2.3K

विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङसमक्ष महालेखा परीक्षकको कार्यालयले चौथो वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७/७८) प्रतिवेदन बुझाएको छ । लेखापरीक्षण ऐन, २०७५ को दफा १९(४) मा महालेखापरीक्षकले प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेश गर्ने व्यवस्था भएबमोजिम प्रदेश प्रमुख समक्ष प्रतिवेदन बुझाइएको हो ।

राष्ट्रपति समक्ष तथा सातै प्रदेशका प्रदेश प्रमुख समक्ष पेश गर्ने कार्यक्रम अनुरुप नायब महालेखापरीक्षक पद्मप्रसाद आचार्यले खापुङकहाँ बुझाएको जनाइएको छ।

प्रदेश प्रमुख माननीय परशुराम खापुङले प्रतिवेदन बुझ्दै नायब महालेखापरीक्षकसहितको टोलीलाई धन्यवाद दिएका थिए ।

Advertisement

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख परशुराम खापुङ ।

१ अर्ब ६२ करोड बेरुजु
प्रतिवेदन बुझाउदै नायब महालेखापरीक्षक पद्मप्रसाद आचार्यले यो वर्षको बेरुजु रु. १ अर्ब ६२ करोड ८६ लाख १३ हजार देखिएको जानकारी दिए । सोमध्ये असुल गर्नुपर्ने रु. १७ करोड ४४ लाख ४९ हजार, नियमित गर्नुपर्ने १ अर्ब ३० करोड ७३ लाख ७१ हजार र पेस्की रु. १४ करोड ६७ लाख ९३ हजार रहेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।