November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘लिम्बुवान किराँत प्रदेश’ नाम राख्न माग गर्दै मुख्यमन्त्री लाई ज्ञापनपत्र

2.4K

विराटनगर । प्रदेश १ को नाम ‘लिम्बुवान किराँत प्रदेश’ नाम राख्न माग गर्दै लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रदेश १ सरकारलाई पहिचानको आधारमा नामकरण गर्न भन्दै संघर्ष समितिले सोमबार ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा प्रदेश २ को नाम पहिचानको आधारमा मधेश प्रदेश राखिएको स्मरण गराउँदै नेकपा एमाले, नेपाली काँग्रेसलगायत दलहरू पहिचान बिनाको नामममा सहमति जुटाउन खाजेको भन्दै समितिले ध्यानाकर्ष भएको समेत जनाएको छ ।

Advertisement

०६२/०६३ को जनआन्दोलन, लिम्बुवान आन्दोलन, आदिवासी जनजाति आन्दोलन, मधेश आन्दोलन, दलित पिछडावर्ग आन्दोलनहरूको जनादेशअनुसार ऐतिहासिक पृष्ठभूमि एवम् पहिचानको आधारमा ‘लिम्बुवान किराँत प्रदेश’ नामकरण गर्नुपर्नेमा समितिले जोड दिएको छ।

समितिले सोमबार मुख्यमन्त्री , संसदीय दलका नेता, पार्टी प्रमुख, प्रदेश प्रमुखलगायतलाई ज्ञापनपत्र बुझाएका छन्।

प्रमुख प्रतिपक्षी एमालेले कोशी र सत्ता साझेदार नेपाली काँग्रेसले प्रदेशको नाम सप्तकोशी प्रस्ताव गरेपछि लिम्बुवानले ज्ञापन पत्र बुझाएको हो ।